एनसेल ‘रिचार्जमा चमत्कार’ अन्तर्गत पहिलो हप्तामा पाँच ग्राहकले जिते दुई लाख

Posted on: 29 Nov, 2019

मंसिर १३,  काठमाडौँ | एनसेल ‘रिचार्जमा चमत्कार’ आफ्नो नयाँ योजना अफर अन्तर्गत पहिलो हप्ताका पाँच भाग्यशाली मध्येका दुई ग्राहकहरुलाई बिहीबार २ लाख रुपैयाँ नगद पुरस्कार वितरण गरिएको छ | एनसेलले ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १, २०७६ देखि संचालन गर्दै आएको छ |

यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता रु २ लाख र प्रत्येक महिना रु १० लाख जित्ने मौका पाउँछन् | योजनाको पहिलो हप्ता (मंसिर १–७) का पाँच विजेता ग्राहकहरुलाई मध्ये बिहीबार दुई ग्राहकले जनही रु २ लाख नगद पुरस्कार पाएका छन् |

बाँकी विजयी ग्राहकहरुले आवश्यक प्रमणिकरणको प्रक्रिया पश्चात उनीहरुलाई पायक पर्ने नजिकैको एनसेल सेन्टर वा काठमाडौंबाट पुरस्कार ग्रहण गर्न सक्नेछन् | पहिलो हप्ताका पाँच विजयी मध्येका एक छिन्चु, सुर्खेतकी मोतिसरा दमाईले एनसेलको सुर्खेतस्थित एनसेल सेन्टरबाट आफुले पाएको नगद रु २ लाख पुरस्कार बिहीबार पाएकी छन् | त्यसैगरी एनसेल सेन्टर वीरगंजबाट बाराका मनोज कुमार यादवले पनि रु २ लाख पुरस्कार बिहीबार नै ग्रहण गरेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!