नेपाल टेलिकमले सागका खेलाडीहरुलाई ४५ सय निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराउने

Posted on: 01 Dec, 2019

मंसिर १४, काठमाडौं | नेपाल टेलिकम १३औं दक्षिण एशियाली खेलकूद (साग) को पार्टनर स्पोन्सर बनेको छ | उक्त प्रतिष्पर्धामा सहभागी सम्पूर्ण खेलाडी ,पाहुना,आयोजक, कर्मचारी तथा सहयोगीहरुलाई निशुल्क फोरजी सिमकार्ड उपलब्ध गराउने भएको छ |

कम्पनीले ४ हजार ५ सय निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराए हो | नेपाल टेलिकमका सेवाहरु सो खेलमा भाग लिन आउने विदेशी खेलाडी तथा पाहुनाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै काउण्टर राखी साग आयोजक कमिटीले प्रदान गरिरहेको छ |

खेल अवधिभर खेलस्थलहरुमा अतिरिक्त मोबाइल टावरको व्यवस्था पनि गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!