विश्वका खराब एयरलाइन्सको सूचीमा नेपालका दुई एयरलाइन्स, किन राखियो ?

Posted on: 05 Dec, 2019

मंसिर १९, एजेन्सी | एयरलाइन रेटिङ डटकमले सार्वजनिक गरेको सुचि अनुसार विश्वका खराब विमानको सूचीमा नेपाल एयरलाइन्स र तारा एयरका विमान पनि परेका छन् | नेपालका यी विमान नेपाल एयरलाइन्स र तारा एयर पहिलो र दोस्रो नम्बरमा परेका हुन् |

फोब्र्सले लेखेको समाचार अनुसार उक्त वेवसाइटले प्रकाशित गरेको सूचीलाई आधार बनाएर फोब्र्सले समाचार लेखेको छ । उक्त सूची निकाल्नु अघि इन्टरनेशनल ट्रान्स्पोर्ट एसोसिएसन अपरेसनल सेफ्टी अटिड सर्टिफिकेट, कालोसूचीमा परेको देश, विमानले प्रदान गर्ने सेवा सुविधाका आधारमा तयार पारिएको बताइएको छ |

जसलाई  ७ अंकमा मापन गरिएको छ भने पहिले नम्बरमा तारा एयर र दोस्रो नम्बरमा नेपाल एयरलाइन्स परेका छन | ७ अंकमध्ये जम्मा १ अंक प्राप्त गरी तारा एयर पहिलो नम्बरमा रहेको छ | सन् २०१० र २०११ मा भएका दुर्घटनाका कारण यसलाई खराब सुचिमा राखेको हो |

नेपाल एयरलाइन्सले पनि जम्मा एक अंक प्राप्त गरी दोस्रो नम्बरमा राखेको छ | सन् १९६८ देखि रोयल नेपाल एयरलाइन्सका नामबाट सञ्चालित एयरलाइन्सको पनि विगत ८ वर्षमा भएका ९ वटा दुर्घटनाका कारण खराब एयरलाइन्सको सूचीमा राखेको उल्लेख छ | त्यस्तै यूरोपियन युनियनले राखेको कालोसूचीलाई समेत आधार बनाएर उक्त सुचि निकालेको छ |

त्यस्तै तेस्रो स्थानमा अफगानिस्तानको एरियाना अफगान एयरलाइन्स रहेज्को छ भने दक्षिण अमेरिकाका ब्लुविङ एयरलाइन्सलाई चौथो स्थानमा राखेको छ | अफगानिस्तानकै कम एयर र इन्डोनेसियाको त्रिगंगा एयर सर्भिस,काजिकस्थानको एसक्याट एयरलाइन्स पनि खराब सुचिमा राखेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!