अब नेपाल एयरलाइन्सले चिनमा उडान गर्न पाउने

Posted on: 05 Dec, 2019

मंसिर १९, काठमाडौं | नेपाल एयरलाइन्सलाई चीनले आफ्नो देशमा उडान गर्न अनुमति पाएको छ | एयरलाइन्सले चीनको ग्वाङ्झाउमा उडान बिस्तारका लागि अनुमति मागे संगै नेपालले उडान गर्न पाउने भएको हो | 

नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख वरिष्ठ पाइलट दीपु ज्वारचनका अनुसार नेपाल एयरलाइन्सले बुझाएका कागजात र सरकारको कुटनीतिक पहलले गर्दा चिनले अनुमति दिएको हो | यस अघि नेपाल एयरलाइन्सको सेफ्टी अडिट गरेर मात्रै अनुमति दिने चीनले बताएको थियो | 

नेपाल एयरलाइन्सले बजार व्यवस्थापन, प्रचार-प्रसारका लागि आवश्यक समय राखेर उडानको मिति तय गर्ने तयारीमा रहेको ज्वारचनले बताए | निगमले अहिले ८ वटा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!