निजगढ विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतको आदेश

Posted on: 06 Dec, 2019

मंसिर २०, काठमाडौँ | निर्माणाधीन अवस्थामा रहेको निजगढ अन्तराष्टिय विमानस्थलको काम यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ |

शुक्रबार पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकीले हालेको रिटको सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले काम अघि नबढाउन आदेश दिएको हो |

अन्तरिम आदेशको छलफलका लागि सर्वोच्चले दुबै पक्षलाई पनि बोलाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!