मंसिर २४, काठमाडौं | पछिल्लो समय नेपालीको लागि ऋण थपिएको छ | एक नेपालीको भागमा अहिले ३६,३९४ रुपैयाँ पर्छ | अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालीले १० खर्ब ८४ अर्ब रुपैयाँ रकम ऋण तिर्नु पर्ने रहेको छ |
केन्द्रीय तथ्यांक विभागका अनुसार हाल नेपालको जनसंख्या २ करोड ९७ लाख ८५ हजार ४५३ जना रहेको अनुमान गरेको छ | जसको आधारमा प्रतिव्यक्ति एक नेपालीलाई ३६ हजार ३९४ रुपैयाँ ऋण भार लागेको छ | आन्तरिक तर्फ ४ खर्ब ५२ अर्ब ५९ करोड र विदेशी ऋण तर्फ ६ खर्ब ३१ अर्ब ४१ करोड रुपैयाँ ऋण सरकारले तिर्न बाँकी छ |
आन्तरिक तर्फ ९० करोड बराबरको सावा र ६ अर्ब ७० करोड ५० लाख रुपैयाँ बराबरको ब्याज सरकारले चार महिनाको अवधीमा भुक्तानी गरेको छ | २ अर्ब ३३ करोड रुपैयाँ सावा र ५५ करोड ५३ लाख रुपैयाँ ब्याज बैदेशिक ऋण तर्फ सरकारले भुक्तानी गरेको छ |
गत बर्ष फागुन मसान्तसम्म नेपालले तिर्नुपर्ने ऋण ९ खर्ब ७८ अर्ब ४५ करोड रहेको थियो | पछिल्लो ८ महिनामा १ खर्ब १० अर्ब रुपैयाँले नेपालीले तिर्नुपर्ने ऋण बढेको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!