नेपाली बैंक ह्याक गर्ने तीन जना पक्राउ

Posted on: 11 Dec, 2019

मंसिर २५, काठमाडौँ | नेपाली बैंक तथा वित्तीय संस्थाहरुमा समेत  ह्याक गरेर रकम चोरि गर्ने तिन जना पक्राउ परेका छन् | सर्वसाधारलाई विभिन्न प्रलोभनमा पारेर ठगी गरेको आरोपमा  उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ |

पक्राउ पर्नेमा दोलखाका रमेश खड्का, नवलपरासीका विशेश्वर प्रसाद तिवारी र सन्दीप कलवास रहेका छन् | महानगरीय अपराध महाशाखाका अनुसार नाइजेरियन तथा भारतीय नागरिक पीटर हर्मन असेन्जा र स्मिथ मोरिसले नयाँ दिल्ली, मुम्बई पाकिस्तान, चीन, तान्जानिया, इथियोपिया तथा बेलायतमा बसी नेपालका विभिन्न व्यक्तिलाई  एजेन्ट बनाएर ठगी तथा बैंक ह्याक गर्न लगाउँदै आएका छन् | उक्त समूहले कृषि विकास बैंक र पानश रेमिट ह्याक गरेको र त्यसरी ह्याक गरेको तथा ठगी गरेको रकम विभिन्न १७ वटा बैंकमा राखेर कारोबार गर्दै आएका थिए |

उनीहरु ह्याक र ठगी गरेको रकम नेपालका एजेण्डलाई १५ देखि २० प्रतिशत दिने र बाँकी रकम विभिन्न माध्यमबाट भारत पठाउने गरेको पाईएको छ | ४० नेपाली एजेण्टहरुले सो कार्य गर्नका लागि एक जनाले ६ वटासम्म खाता खोजेको पाइएको र हालसम्म उनीहरुले १४ करोड ६७ लाख ९१ हजार शंकास्पद रुपमा कारोबार गरेको बुधबार पत्रकार सम्मेलनमा जानकारी दिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!