रोकियो बैतडीमा पाटन विमानस्थल कालोपत्रेको काम

Posted on: 15 Dec, 2019

मंसिर २९, बैतडी | बर्षा र हिमपात बढे संगै देशै भरिको जनजीवन प्रभावित भएको छ | त्यस्तै कालोपत्रे भइरहेको बैतडीको पाटन विमान स्थलको काम पनि रोकिएको हो | हिमपातले गर्दा  विमानस्थल कालोपत्रेको काम शुक्रबारदेखि पूर्णरूपमा ठप्प भएको निर्माण कम्पनी ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले जानकारी दिएको छ |

निर्माण कम्पनीका अनुसार कालोपत्रे गर्नको लागि कम्तीमा पनि १० डिग्री सेल्सियस तापक्रम चाहिने हुँदा आवश्यक तापक्रमका लागि अझै दुई तीन दिन कुर्नुपर्ने देखिएको छ | लामो समयपश्चात कालोपत्रेको काम सुरु भए पनि वर्षाले गर्दा झनै काम प्रभावित भएको हो | 

लगातार काम गर्न सकिए अबको २० दिनमै कालोपत्रेको काम सकिने निर्माण कम्पनीले बताएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!