आज सुनको मूल्य कति छ ? हेर्नुहोस

Posted on: 16 Dec, 2019

मंसिर ३०, काठमाण्डौ | आज सोमबार सुनको मूल्य यथावत रहेको छ | आइतबार रु ५०० ले बढेको सुनको भाउ सोमबार भने स्थिर रहेको हो | आज छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ |

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार कायम रहेको  महासंघले जनाएको छ | चाँदीको मूल्य पनि स्थिर रहेको छ | आज चाँदीको मूल्य प्रतितोला रु ८ सय ४५ मा कारोबार भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!