यी दश वटा फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा तोकियो, कुन-कुन छन् ?

Posted on: 16 Dec, 2019

मंसिर ३०, काठमाडौँ | अन्तर्राष्ट्रिय संस्था कोटेक्सको मापदण्डलाई आधार मानेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १० प्रकारका फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण गरेको छ | सरकारले पहिलो पटक अधिकतम विषादीको सिमा तोकेको हो | 

विभागका प्रवक्ता मोहन महर्जनका अनुसार बढी मात्रामा आयात, निर्यात हुने र सबभन्दा बढी उपभोग हुने खाद्य वस्तुमा विषादीको सिमा तोकिएको हो | स्याउ, केरा, करेला, भन्टा, बन्दा, कोभी, भिन्डी, आलु, टमाटर, चियामा विषादीको अधिकतम सीमा तोकेको छ | त्यस्तै थप १३ प्रकारका फलफूल तथा तरकारीको विषादीको सीमा तोक्न विभागले अध्ययन गरिरहेको उनको भनाइ छ |

कुखुरा, हाँस टर्की, खसीबोका, भेडा, बंगुर, सुँगुर खरायो र माछाको मासुको पनि विषादीको अधिकतम सीमा तोकिने भएको छ | जस्काम लागि विभागले अध्ययन गर्ने गरिरहेको छ | खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा तरकारीको विषादी जाँचका लागि विभाग १५ वटा आरबिपीआर उपकरणको खरीद प्रक्रियामा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!