रुपन्देहीमा सशस्त्रका इन्स्पेक्टर र हवल्दार घुससहित पक्राउ

Posted on: 26 Dec, 2019

पुस १०, रुपन्देही | रुपन्देहीको विष्णुपुराबाट सशस्त्र प्रहरीका प्रहरी निरीक्षक र हवलदार घुससहित रङ्गेहात पक्राउ परेका छन् |

रुपन्देहीको  गैडहवामा गाउँपालिकामा पर्ने विष्णुपुरा सशस्त्र  प्रहरी बेस क्यापमा कार्यरत प्रहरी निरीक्षक तेज बहादुर जोरा र सशस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्र  प्रसाद चौधरीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो |

सेवा ग्राही सँग  ६ हजार रुपैयाँ घुस लिदै गरेको अवस्थामा उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरको हो | उनीहरुले भारतबाट भन्सार छलेर ल्याएको सामानमा मिलाई दिने भन्दै घुस लिएका थिए |

दुवैलाई अख्तियारको कार्यालय बुटवल ल्याइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!