गोकर्ण फरेष्ट रिसोर्टमा तरूण दलको प्रदर्शन

Posted on: 29 Dec, 2019

पुस १३, काठमाडौँ | गोकर्ण फरेष्ट रिसोर्टअघि तरूण दलले प्रदर्शन गरेको छ | कांग्रेसको भातृ संस्था नेपाल तरुणदलले नेपाल ट्रसको जग्गा सस्तोमा यति होल्डिङलाई लिजमा दिएको भन्दै बिरोध प्रदर्शन गरेको छ |

तरुण दलले गोकर्ण फरेष्ट रिसोर्ट गेट नजिकै सडकमा टायर बालेर प्रदर्शन गरेको छ | सरकारले ५ बर्ष ८ महिना समय छदै यति समूहलाई लिजमा जग्गा दिएको हो |

तरूण दल कागेश्वरी मनोहरा नगर समितिले लिजमा दिने निर्णय फिर्ता लिन पनि माग गरेको तरूण दलका नेता कविर फुयाँलले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!