गोदाममै कुहिए चामल, संसदीय समितिको अनुगमन

Posted on: 29 Dec, 2019

पुस १३, काठमाडौँ | थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममै चामल कुहिए पछि प्रतिनिधिसभाको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समिति अनुगमनमा पुगेको छ | उक्त समितिले कम्पनीको गोदाममा अनुगमन गरेको हो |


गोदाममा रहेको चामलमा चिलेसा  पर्नुका साथै  रङ परिवर्तन भएर खैरो भएको बताइएको छ | पुस १ मा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित विभागको टोलीले अनुगमन गर्दा बोरामा राखिएका सामल खान अयोग्य अवस्थामा भेटिएको हो |

अनुगमनमा चालमका बोराहरु खोलेर हेर्दा चिलेसा लागेको अवस्थामा भेटिएका हुन् | गोदाममा राखिएका अन्य खाद्य बस्तुको बारेमा पनि समितिले जानकारी लिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!