अंग्रेजी नयाँ वर्षमा नेपाल टेलिकमले ल्यायो यस्तो अफर, के-के छन् सुविधा ?

Posted on: 30 Dec, 2019

पुस १४, काठमाडौं | अंग्रेजी नयाँ बर्षमा नेपाल टेलिकमले विभिन्न अफरहरु ल्याएको छ | प्रवक्ता प्रतिभा वैद्यका अनुसार नेपाल टेलिकमको नयाँ सिमकार्ड खरिद गर्दा ५० रुपैयाँको ब्यालेन्स उपलब्ध हुने गरेकोमा अब त्यही मूल्यमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुनेछ |

पुस १६ अर्थात् २०२० जनवरी १ (अंग्रेजी नयाँ वर्ष) देखि यसमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुनेछ | नयाँ सिमकार्डमा १० रुपैयाँ ब्यालेन्सका रूपमा उपलब्ध हुनेछ भने ४० मिनेट टक टाइम अर्थात् कुराकानी गर्न, ६० एमबी डाटा चलाउन र २० एसएमएस पठाउन सकिने कम्पनीले जनाएको छ | सिममा उपलब्ध १० रुपैयाँ ब्यालेन्सबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिनेछ भने ४० मिनेट टक टाइम र २० एसएमएस एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिनेछ |

यस अघि सिम खरिद गरी  एक्टिभ नगरेका ग्राहकले २०७६ पुस १५ गतेसम्म सिम एक्टिभेट गरे पुरानो व्यवस्थाअनुसारको ब्यालेन्स ५० रुपैयाँ प्राप्त हुनेछ भने पुस १६ गते वा सोभन्दा पछि एक्टिभेट गरे नयाँ व्यवस्थाअनुसारको ब्यालेन्स १० रुपैयाँ तथा थप सुविधा प्राप्त हुनेछ |

नयाँ सिमकार्डमा थप सुबिधा उपलब्ध हुने भएपनि मूल्यमा परिवर्तन भएको छैन | उक्त अफरबाट टेलिकमका ग्र्हाखारू लाभान्वित हुने कम्पनीले बताएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!