पुस १४, वीरगञ्ज | वीरगञ्जमा महानगरपालिकाका कम्प्युटर अपरेटरलाई अख्तियार अनुसन्धान आयोगले १५ हजार घुस रकमसहित पक्राउ गरेको छ | महानगरपालिकामा कार्यरत कम्प्युटर अपरेटर राकेश कुमार जैशवाललाई १५ हजार घुस रकमसहित रंगेहात पक्राउ गरेको हो |
आयोगका अनुसार वीरगञ्ज महानगर-१८ मा सडक बनाएर रकम भुक्तानी गर्ने क्रममा उनले घुस मागेका थिए | महानगरमा कुनै काम गराउन पैसा मागेको भन्ने सूचनाका आधारमा आयोगले छापा मारेको हो |
थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!