स्मार्ट लाइसेन्स समेत नक्कली

Posted on: 01 Jan, 2020

पुस १६, काठमाडौँ | नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र सहित प्रहरीले सातदोबाटोबाट एक जना सवारी चालक पक्राउ गरे पछि उनीहरुको गिरोहनै भेटिएको हो | नक्कली सवारी चालक अनुमति पत्रको बिगबिगी हटाउन यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स प्रयोगमा ल्याए पनि स्मार्ट लाइसेन्स पनि नक्कली बनाउने गिरोह भेटिएको छ |

महानगरीय अपराध महाशाखाका अनुसार नक्कली लाइसेन्स तयार पार्ने न्यूरोडको फोटो स्टुडियोमा प्रहरीले छापा मारेको छ | पुरानो फोटो स्टुडियो कन्सर्नका सञ्चालकसहित पाँच जना पक्राउ परेका हुन् | पक्राउ परेकाहरुको नाम भने प्रहरीले खुलाएको छैन |

स्टुडियोबाट प्रहरीले केही प्रिन्टर तथा कागजातहरू बरामद गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!