त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ

Posted on: 02 Jan, 2020

पुस १७, काठमाडौँ | बिहिबार त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट एक किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् |

विमानस्थलमा खटिएको अपराध महाशाखाको टोलीले सुनसहित पक्राउ गरेको हो | दुबईबाट काठमाडौं आएका कासिब मोहम्मदको साथबाट सुन बरामद गरिएको छ | प्रहरीले भारतबाट बिहीबार  काठमाडौं आएका मुस्राफिन मोहम्मदलाई पनि पक्राउ गरेको छ | प्रहरीका अनुसार कासिब मोहम्मदले सुनलाई पगाली प्याकेटमा हालेर तस्करी गरेको छ |

त्यस्तै सोमबार आधा किलो सुनसहित एक भारतीय नागरिक पक्राउ परेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!