राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त

Posted on: 02 Jan, 2020

पुस १७, काठमाडौं। नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । राष्ट्र बैंकले हाल अनुसान्धान विभागका प्रमुख रहेका भट्टलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

यसअघि बैंकको प्रवक्तामा लक्ष्मीप्रपन्न निरौला थिए । निरौला ३० वर्षे अवकाश नीतिका कारण पुस ६ गतेदेखि बिदामा बसेका छन् । उनी बिदा बसेपछि रिक्त रहेको प्रवक्तामा गभर्नर डा. चिरञ्जीवि नेपालले भट्टलाई नियुक्त गरेका हुन् ।

भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!