राम्रोसँग फोरजी चलाउन के गर्ने ? यी कुरामा ध्यान दिनुहोस मोबाइल किन्दा

Posted on: 02 Jan, 2020

पुस १७, काठमाडौँ | मोबाइलमा फोरजी चलाउनको लागि ८०० तथा १८०० मेगाहर्ज  प्रयोग गर्न सकिने मोबाइल सेट उपलब्ध भएमा राम्रो सँग चल्ने टेलिकमले जनाएको छ | हाल नेपाल टेलिकमले १८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज (ब्यान्ड २०) ब्यान्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराइरहेको छ |

 गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउनका लागि ८०० तथा १८०० मेगाहर्ज फ्रिक्वेन्सी दुवै प्रयोग हुन्छन | तर अधिकांश मोबाइल सेटहरु १८०० मेगाहर्जमा चलाउन सकिने र ८०० मेगाहर्ज प्रयोग गर्न सकिने मोबाइल से कम मात्रामा पाइने भएकाले फोजी राम्रो सँग नचल्न सक्छ |

नेपालमा विकट, दुर्गम र अधिकांश ग्रामीण भेगमा ८०० मेगाहर्जमा फोरजी सेवा उपलब्ध भइरहेकाले फोरजी सेवा प्रयोगमा ल्याउन यही व्याण्ड चल्ने मोबाइल सेट प्रयोग गर्नुपर्दछ |  उपयुक्त मोबाइल सेटको अभावमा फोरजी सेवाबाट अधिकतम फाइदा लिन नसकिने हुन्छ | 

टेलिकमले हाल देशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रमा समेत फोरजी सेवा विस्तार गरिरहेको छ | त्यसैले फोरजी डाटा सेवामार्फत अधिकतम फाइदा लिनका लागि १८०० तथा ८०० मेगाहर्ज दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु आवश्यक छ |

मोबाइल चलाउँदा सेटको सेटिङमा नेटवर्कलाई जहिले पनि फोरजी नेटवर्क प्राथमिकतामा राख्नुपर्छ जसले गर्दा आवश्यकता अनुसार फोरजी वा अन्य प्रविधि प्रयोग गर्न सकिन्छ | त्यस्तै नयाँ मोबाइल सेट किन्दा यसको बक्समा उपलब्ध विस्तृत प्राविधिक विवरण हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी पत्ता लगाउन सकिन्छ |

टेलिकमले भविष्यमा २३०० मेगाहर्ज (ब्यान्ड ४०)मा समेत फोरजी सेवा सञ्चालन गर्ने योजना बनाएको छ | भने कम्पनीले मुलुकका ६४ जिल्लामा फोरजी सेवा उपलब्ध गराइसकेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!