सुनको मूल्य अहिले सम्मकै उच्च, कति पुग्यो ? हेर्नुहोस

Posted on: 03 Jan, 2020

पुस १८, काठमाडौँ | आज शुक्रबार सुनको भाउ बढेको छ | आज प्रतितोला छापावाल सुनको मूल्य रु ७४ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ | त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार २ सयमा कारोबार भइरहेको छ |

नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको आजको सुनचाँदीको भाउअनुसार शुक्रबारमात्रै सुनको भाउ एक हजार रुपैयाँ बढेको हो | बुधबार तोलामा ७३ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो |

चाँदीको मूल्य आज स्थिर रहेको छ | चाँदी आज तोलाको ९ सय रुपैयाँमा कारोबार भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!