पुस १८, काठमाडौं | बर्षा र हिमपातका कारण हिमाली भेगको हवाई सेवा प्रभावित भएको छ | तराईका विमानस्थल र अन्तर्राष्ट्रिय उडान जारी रहेका छन् भने पहाडी र हिमाली भेगका विमानस्थलमा उडान प्रभावित भएको काठमाडौं विमानस्थलले जनाएको छ |
पोखरा -काठमाडौँ, सुर्खेत र दाङमा समेत उडान हुन् सकेको छैन | नेपालगञ्जबाट दुर्गम भेगमा हुने सबै उडान अहिलेसम्म हुन नसकेको विमानस्थल कार्यालय नेपालगञ्जका प्रमुख प्रेम ठाकुरले जनाएका छन् |
मुगु, डोल्पा, जुम्ला, हुम्ला क्षेत्रमा हिमपातले हवाई सेवा प्रभावित भएको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!