प्रहरी अधिकृतले जवानको मेसमा खानुपर्ने, हप्ताको १ दिन जवानसँगै सुत्नुपर्ने

Posted on: 05 Jan, 2020

पुस २०, काठमाडौँ | प्रहरी अधिकृतहरुले हरेक दिन जवान तथा हवल्दारको मेसमा गएर खाना खानुपर्ने र हप्ताको कम्तिमा १ दिन अनिवार्य रुपमा हवल्दार र प्रहरी जवानको ब्यारेकमा गएर सुत्नुपर्ने महानगरीय प्रहरी आयुक्त (मेट्रो प्रहरी प्रमुख) प्रहरी नायव महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले बताएका छन् |

संठनमा माथिल्लो र तल्लो दर्जाका प्रहरी कर्मचारीबीच विभेद रहेको गुनासो बढ्दै गएपछि डिआइजी पोखरेलले माथिल्लो तहका प्रहरी अधिकृतहरुले पनि तल्लो तहका प्रहरी कर्मचारीको दैनिकीप्रति जानकार रहनुपर्ने बताएका छन |

महानगरीय प्रहरी परिसर ललितपुर तथा मातहतका प्रहरी कार्यालयको निरीक्षणमा आइतबार निस्किएका पोखरेलले प्रहरी कर्मचारीले आफूलाई परेको समस्या संगठन भित्रैबाट खोज्नुपर्ने बताएका छन् | उनले संगठन भित्रका समस्याहरु प्रचारको विषय नबनाउन   प्रहरी कर्मचारीालाई सचेत गराएका छन् |

उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गरि बताउंदै परिणामुखी भएर कामगर्न निर्देशन दिएका छन् | जनतालाई प्रवाह गर्ने सेवा  निष्पक्ष, समान र सम्मानजनक हुनुपर्ने उनको भनाइ छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!