पाइपलाइनबाट तेल आउने क्रम रोकियो

Posted on: 05 Jan, 2020

पुस २०, काठमाडौँ | नेपाल भारत पाइपलाइन मोतीहारी–रक्सौल–अमलेखगञ्जबाट ११ दिनदेखि तेल आउनेक्रम रोकिएको छ | नेपाल आयल निगम अमलेखगञ्ज डिपोका प्रमुख प्रदिप यादवका अनुसार युरो ६ मापदण्डमा डिजेलको स्तरोन्नतिको काम भइरहेको छ |

युरो ६ मापदण्डको डिजेल भारतले पठाउने तयारी गरेकाले त्यसको व्यवस्थापनको लागि तेल रोकेको उनले बताए | पाइपलाइनमा युरो ६ डिजेलका लागि केही फिल्टर थप गरिएको उनले जानकारी दिए |

हाल नेपालबाट गएका ट्याङ्करले बरौनीबाट तेल ल्याएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!