माघ १ देखि खुलामञ्चमा पार्किङ गर्न नपाइने

Posted on: 13 Jan, 2020

पुस २८, काठमाडौं | माघ १ गते देखि काठमाडौंको खुलामन्चमा सवारी साधन पार्किङ गर्न नपाइने भएको छ | खुलामञ्चलाई सधैंका लागि खुला बनाउने योजनाअनुसार महानगरले १ माघदेखि लागू हुने गरी सवारी साधन पार्किङ गर्न नदिने निर्णय गरेको हो |

गत कात्तिकदेखि टुँडिखेललाई अतिक्रमणबाट जोगाउन भन्दै अकुपाई टुँडिखे अभियान संचालन गरिएको थियो | अभियन्ताहरुले खुलामञ्चलाई खाली गराउन जोड दिँदै आएका थिए | खुलामञ्च खुला नै राख्नु पर्ने भएकाले माघ १ गतेेदेखि गाडी पार्किङमा रोक लगाउन लागिएको महानगरको वडा नम्बर १८ का अध्यक्ष भाइराम खड्गीले बताए |

कुनैबेला देशका चर्चित नेताहरुको भाषण गर्ने मुख्य ठाउँको रुपमा रहेको खुलामञ्च हाल बसपार्क, अनधिकृत पार्किङ र निर्माण सामाग्रीले गर्दा अस्तव्यस्त बनेको छ | पुरानो बसपार्कमा भ्यूटावर निर्माण शुरु भएपछि केही समयका लागि भन्दै महानगरले बसपार्कलाई अस्थायी रुपमा खुलामञ्चमा स्थानान्तरण गरेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!