जथाभावी बाटो काटे २० मिनेट कलास लिनुपर्ने

Posted on: 13 Jan, 2020

पुस २८, काठमाडौँ |  पैदलयात्रुले जथाभावी बाटो काटे २० मिनेट कलास लिनुपर्ने   लिनुपर्ने भएको छ | पैदलयात्रुले जेब्राक्रस,आकाशेपुलको प्रयोग नगरी जथाभावी बाटो काटे ट्राफिक प्रहरीले सचेतना कक्षा लिने भएको हो | 

ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार पैदलयात्रुले बाटोमा हिँड्दा र बाटो काट्दा ट्राफिक नियम पालना नगरे समातेर २० मिनेटको कक्षा लिनुपर्ने व्यवस्था आजदेखि लागु गरिएको हो |

कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाइनेछ | र चेतनाको लागि पर्चा पम्पलेट समेत वितरण गर्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ | भोटाहिटी र वीर अस्पताल अगाडीबाट सुरू गरिएको यो अभियान अन्य स्थानमा पनि विस्तार गरिने महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ जानकारी दिए |

कारबाहीमा परेका पैदलयात्रु ले अनिवार्य कक्षा लिनुपर्ने छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!