माघ २८ देखि भिस्तारा एयरलाइन्सले दिल्ली-काठमाडौं उडान गर्ने,यस्तो छ भाडादर

Posted on: 15 Jan, 2020

माघ १, काठमाडौं | भारतीय एयरलाइन्स भिस्ताराले आगामी फेब्रुअरी ११ तारिखदेखि नेपालमा उडान शुरु गर्ने भएको छ | भारतीय कङलोमोरेट समूह टाटा ग्रुप र सिंगापुर एयरलाइन्सको संयुक्त लगानी रहेको भिस्तारा एयरलाइन्सले नेपालमा उडान विस्तार गर्नलागेको हो |

भिस्ताराका लागि नेपाल पाँचौं अन्तर्राष्ट्रिय गन्तव्य हो | एयरलाइन्सले दिल्ली-काठमाडौं-दिल्ली उडान गर्नेछ  | भिस्ताराका प्रमुख कार्यकारी अधिकृत लेजलाइ थङगले भने ‘दिल्ली–काठमडौं उडान गर्न पाउँदा हामीलाई निकै खुसी लागेको छ, ‘भिजिट नेपाल २०२०’ मा २० लाख पर्यटक ल्याउने नेपालको लक्ष्यमा हाम्रो उडानले सहयोग गर्नेमा विश्वस्त छौं, |

 एयरलाइन्सका अनुसार दिल्लीबाट दिउँसो २ बजे उडान हुनेछ भने काठमाडौँ स्थित  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक दिन सवा ४ बजे अवतरण हुनेछ | काठमाडौँबाट साँझ सवा ५ बजे उडान हुनेछ | दिल्ली-काठमाडौं-दिल्लीको भाडादर इकोनोमी क्लासको १६ हजार रुपैयाँ र काठमाडौं–दिल्ली–काठमाडौंका लागि भाडादर १६ हजार ९१८ रुपैयाँ कायम गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!