त्रिभुवन विमानस्थलबाट ३ किलो चरेससहित एक जना पक्राउ

Posted on: 15 Jan, 2020

माघ १, काठमाण्डौं | काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ |

बुधबार दिउँसो थाई एयरलाइन्सको उडानबाट बैंकक जान लागेका इलाम मासेवुङ गाँउपालिका-१ का दिलेन्द्र योङहाङ लागूऔषध चरेससहित पक्राउ परेका हुन् |

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!