युनाईटेड फाईनान्सले ७.५२ प्रतिशत नगद लाभाशं तथा ३ प्रतिशत बोनस शेयर वितरण गर्ने

Posted on: 15 Jan, 2020

माघ १, काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडको सेयरधनीलाई ७.५२ प्रतिशत नगद लाभाशं तथा ३ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । फाईनान्सको २५ औं बार्षिक साधारणसभाले उक्त गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनिहरुलाई वितरण गर्ने नगद र बोनस शेयर गर्ने उक्त प्रस्ताव स्वीकृत गरेको हो ।


उक्त साधारण सभाले कम्पनीको आ.व.२०७५।७६ को बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित भएको छ । साधारणसभाबाट आगामी कार्यकालका लागि सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने रिक्त ५ सञ्चालक पदमा वसन्त कुमार चौधरी, राहुल ईन्फ्रास्ट्रक्चर प्रा. लि. (प्रतिनिधि श्री रोशन अधिकारी), एम. ए. डव्लु इन्टरप्राइजेज प्रा. लि. (प्रतिनिधि श्री विष्णु कुमार अग्रवाल), वेनी गोपाल मुन्दडा, तथा मनिष कुमार खेमकालाई आगामी ४ वर्षको लागि निर्विरोध निर्वाचित भएका छन् । 

गत आ.व. मा कम्पनीले रु. ६ अर्ब ५५ करोड  निक्षेप संकलन गरि सो अवधिमा विभिन्न क्षेत्रमा रु. ६ अर्ब १४ करोड कर्जा लगानी गरी संचालन मुनाफा रु. १८ करोड ०५ लाख र खुद मुनाफा रु. ९ करोड ९९ लाख आर्जन गरेको छ । त्यस्तै फाइनान्सले खराब कर्जा ०.५७ प्रतिशत कायम राख्न सफल भएको छ । कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैकिगं सेवा प्रदान गर्दै आईरहेको छ । हालै मात्र कम्पनीमा भारतको प्रतिष्ठित मुत्तुट फाइनेन्स रणनीतिक साझेदारका रुपमा भित्रिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!