माघ २, काठमाडौं | नेपाल टेलिकमको पोस्टपेड फोनको बिलिङमा समस्या देखिएका कारण पोस्टपेड ग्राहकलाई समस्या परेको छ |
हरेक अंग्रेजी महिनाको १५ तारिखमा बिलिङ गर्दै आएको टेलिकमले बुधबारको बिलिङपछि खातामा पैसा भएका ग्राहकको फोन पनि काटिएको थियो |
बिलिङ प्रणाली विहान केही समय इन्टरप्ट भएकाले समस्या भएको र केही समयमै समाधान हुने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताएकी छिन |
यस बिषयमा तपाइको प्रतिक्रिया...!