माघ २० देखि बुद्ध एयरले विराटनगर–पोखरा उडान गर्ने

Posted on: 16 Jan, 2020

माघ २, काठमाडौं | माघ २० देखि बुद्ध एयरले विराटनगर–पोखरा उडान गर्ने भएको छ |

सातामा ३ दिन सोमबार, बुधबार र शुक्रबार उडान हुने बुद्ध एयरले जनाएको छ | दिउसो १.१० बजे विराटनगरबाट उड्नेछ भने २.१० मा पोखरामा अवतरण गर्नेछ |

उडान समय ६० मिनेटको हुने जनाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!