माघ ६, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान बुद्ध र यति एयरलाइन्सको जहाज ठोक्किएका छन् | त्रिभुवन विमानस्थलबाट जनकपुर जान लागेको बुद्ध एयरको जहाज यति एयरलाइन्ससँग ठोक्किएको हो |
विमानस्थल प्रहरीका अनुसार बुद्ध एयरको जहाजले यति एयरलाइन्सको जहाजलाई छोएको मात्र हो | जहाज ठोक्किएसंगै बुद्ध एयरको जनकपुर उडान रद्द भएको छ | एयरलाइन्सको रोकिराखेको जहाजसँग बुद्ध एयरको जहाज ठोक्किएको विमानस्थलले जनाएको छ |
ठक्करबाट दुवै जहाजमा सामान्य क्षति पुगेको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!