नेपाल एयरलाइन्सले जापानको नारिता उडान गर्दै, कति छ भाडा ?

Posted on: 21 Jan, 2020

माघ ७, काठमाडौँ | नेपाल वायुसेवा निगमले फागुन १९ गते देखि जापानको नारिता उडान गर्ने भएको छ | यस अघि  निगमले यसअघि जापानकै ओसाका उडान गर्दै आएको छ | काठमाडौं-नारिताको दुईतर्फी भाडा न्यूनतम ८० हजार रुपैयाँ तोकेको छ |

यो न्युनतम मुल्य र पछि बढ्दै जान सक्ने निगमले जनाएको छ | नारिता साताको तीन दिन उडान हुनेछ भने ओसाका उडान रद्द हुनेछ | ओसाका उडान रद्द हुनेछ फेब्रुअरी अन्तिमसम्म मात्रै उडान हु जनाइएको छ |

निगमले नारिता उडानका लागि जापान सिभिल एभिएसन ब्युरोसँग ग्राउण्ड ह्यान्डलिङको सम्झौता गरिसकेको छ |

ओसाका जापानको सदरमुकाम टोकियोभन्दा धेरै पर छ भने नारिता नजिक रहेको छ |  लामो दूरीमा हवाई सेवा दिने उद्देश्यले निगमले वाइड बडी विमान ल्याए पनि हाल छोटा दूरीमा नै सञ्‍चालन हुँदै आएको छ  |

यस बिषयमा तपाइको प्रतिक्रिया...!