नेपाल एयरलाइन्सको आन्तरिक उडानको टिकट मोबाइल एपबाटै काट्न सकिने

Posted on: 21 Jan, 2020

माघ ७, काठमाडौं | अब नेपाल एयरलाइन्सको आन्तरिक उडानको टिकट बुकिङ एयर्लाइन्सको मोबाइल एपबाटै गर्न सकिने भएको छ | नेपाल एयरलाइन्सले एन्ड्रोइड मोबाइलका लागि मोबाइल एप्लिकेसन बनाएर सेवा सुरु गइसकेको हो |

‘आइओएस’बाट समेत केही साताभित्रै यो सेवा सुरु हुने नेपाल एयरलाइन्सले जनाएको छ | हाल अनलाइन बुकिङको लागि इ-सेवा र आईएमई पेबाट भुक्तानी गर्न सकिने भएको छ | अन्तराष्ट्रिय उडानको टिकट भने अहिले अनलाइनबाट बुक गर्न सकिन्छ |

त्यसबाहेक एपबाट समेत अन्तराष्ट्रिय उडानको टिकट समेत बुकिङ र खरीद गर्न सकिने प्रावधान ल्याउँदैछ |‘नेपाल एयरलाइन्स’ नाम रहेको राष्ट्रिय ध्वजावाहकको आधिकारिक मोबाइल एपबाट उडानमा हुने ढिलाइ र उडान रद्दलगायतका अन्य जरुरी सूचनासमेत नोटिफिकेशनमार्फत् प्राप्त हुनेछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!