बुद्द एयरले माघ १८ गतेदेखि राजविराजमा उडान गर्ने

Posted on: 22 Jan, 2020

माघ ८, काठमाडौँ | बुद्ध एयरले आगामी माघ १८ गते देखि जविराजमा उडान गर्ने भएको छ | काठमाडौंबाट ११:२५ र राजविराजबाट १२:२० मा उडान समय रहेको छ | उडान अवधि झण्डै ३५ मिनेटको हुने ज्नाइएको छ |

दैनिक उडानले पर्यटन पर्वद्धनका साथै भिजिट नेपाल २०२० लाई पनि टेवा पुग्ने बुद्ध एयरले विश्वाको छ | उक्त उडानले सप्तरी, उदयपुर, सिरहा तथा सुनसरीका यात्रुहरुलाई सुविधा पुग्ने छ |पर्यटकको आउजाउसँगै स्थानीय स्तरमा रोजगारीको साथै आर्थिक वृद्धि हुने बताइएको छ |

राजविराजबाट छिन्नमस्ता, बराहक्षेत्र, कोशीटप्पु, सलहेश गहवरका साथै अन्य थुप्रै पर्यटकीय गन्तव्यसम्म सजिलै पुग्न सकिन्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!