बर्दियाको गुलरियामा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

Posted on: 22 Jan, 2020

माघ ८, काठमाडौँ | ग्लोबल आइएमई बैंकले प्रदेश नं. ५ को बर्दिया जिल्ला, गुलरीया नगरपालिका वडा नं. ६ जिविस रोडमा नयाँ शाखा बिस्तार गरेको छ | यो संगै बैंकका  शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ |

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्लोबल आइएमई बैंकले सेवा प्रदान गर्दै आएको छ |

२६७ वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखा सहित  बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि-सम्पर्क कार्यालय मार्फत आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!