जाँडरक्सी बन्द गर्नुपर्ने माग सहित सुर्मा गाउँपालिकाको कार्यालयमा ताला

Posted on: 26 Jan, 2020

माघ १२, बझाङ | बझाङको सुर्मा गाउपालिकाका स्थानीय महिलाहरुले गाँउपालिकाको कार्यालयमा ताला लगाएका छन | उनीहरुले दैनिक रुपमा जनप्रतिनिधि कार्यालयमा बस्नुपर्ने,गाउँपालिका पूर्णरुपमा जाँडरक्सी बन्द गर्नुपर्ने भन्दै ताला लगाएका हुन् |

गाउपालिकामा जाडरक्सी खानेको संख्या बढेपछि जाडरक्सी पुर्ण रुपमा बन्द गर्नुपर्ने र  निर्वाचित जनप्रनिनिधी नियमितरुपमा कार्यालयमा बस्नुपर्ने माग राख्दै ताला लगाउनु परेको स्थानीयको भनाई छ | यस अघि सुर्मा गाँउपालीकामा जाडरक्सी सेवनबाट एक जानको मृत्यु भएको थियो |

गाँउपालिकाको कार्यालयमा ताला लगाएको दस दिन भएपनी अहिले सम्म उक्त गाउपलिकाका अध्यक्षले कुनै पहल गरेका छैनन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!