आज काठमाडौँका यी स्थानमा ९ घण्टा बत्ती जाने

Posted on: 27 Jan, 2020

माघ १३, काठमाडौँ | चक्रपथ विस्तार कार्यको लागी आज राजधानीका विभिन्न स्थानमा ९ घण्टा बत्ती जाने भएको छ | नेपाल वन निगम लिमिटेडले रुख कटान गर्न लागेको हो | 

नेपाल विद्युत प्राधिकरणका अनुसार महाराजगजं वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन विहान ७ बजेबाट दिउसो ४ बजेसम्म सट डाउन हुनेछ |वसुन्धारा, सामाखुशी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पीटल लगायतका क्षेत्रहरु बत्ती जाने प्राधिकरणले जनाएको छ |

रुख काट्ने कार्य  निर्धारित समय अगाडि नै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुनसक्ने प्राधिकरणले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!