आज देखि नेपालमै कोरोना भाइरसको परीक्षण हुने

Posted on: 27 Jan, 2020

माघ १३, काठमाडौं | चिनमा देखा परेको कोरोना भाइरसको नेपालमा समेत संक्रमण देखिएपछि भाइरसको नमुना परीक्षण हुने भएको छ | सोमबार देखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा  कोरोना भाइरसको नमुना परीक्षण हुने  निर्देशक डाक्टर रुना झाले जानकारी दिईन |

नेपालमा कोरोनाको परीक्षणका लागि आवश्यक पर्ने केमिकल आइपुगेकाले आज देखि परिक्षण गर्ने तयारी भएको हो | उनका अनुसार डाक्टरले कोरोना भाइरसको शङ्का गरेका व्यक्तिको मात्रै परीक्षण हुनेछ | चिनबाट नेपाल आएका एक जना व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ | सरकारले विमानस्थलमा नेपाल आउने यात्रुको निगरानी बढाइएको छ |

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयक अनुसार नेपालमा थप दुई जनामा कोरोना भाइरसले संक्रमण गरेको आशंका गरिएको छ |  शङ्का गरिएको दुई जनाको नमुना परीक्षणको लागि हङकङपठाइएको र एकदुई दिनमा नै प्रतिवेदन आउने छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!