राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर यस्तो छ

Posted on: 31 Jan, 2020

माघ १७, काठमाडौं | सरकारी स्वामित्वको राष्ट्रिष्य वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ | बैंकले कर्जा तथा निक्षेपको नयाँ ब्याजदर  माघ १७ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरको हो  | साधारण मुद्दति निक्षेपमा ६.५० प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याज दिने भएको हो |

विशेष  मुद्दति निक्षेपमा बैंकले ७.५० प्रतिशतदेखि ८.५० प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ |त्यस्तै बैंकले कर्पोरेट मुद्दतितर्फ ६.५० प्रतिशतदेखि ८.५० प्रतिशतसम्म ब्याज दिनेछ | राष्ट्रिय गौरवका आयोजना प्रभावितहरुलाई ९.२५ प्रतिशत मुद्दतिमा ब्याज दिने र अन्य व्यक्तिगत मुद्दति खातामा बैंकले ९.२५ प्रतिशत र संस्थागततर्फ ८.५० प्रतिशत ब्याज दिने बताएको छ |

बैंकले बचत खातामा बैंकले न्यूनतम ४ र अधिकतम ६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ | कर डिपोजिटतर्फ ४ प्रतिशतसम्म ब्याज दिनेछ |  पुस मसान्तसम्म बैंकको वेसरेट ६.६० प्रतिशत रहेको छ | सोही वेसरेटलाई आधार मानेर बैंकले कर्जाको ब्याजदर न्यूनतम ७.६ प्रतिशतदेखि १२ प्रतिशतसम्म ब्याजदर तोकेको छ |

ओभर ड्राफ्ट कार्डमा कर्जा लिँदा ११ प्रतिशत, आवधिक कर्जा ११ प्रतशत, विपन्न वर्गा कर्जामा ९ प्रतिशत र हायरपर्चेज कर्जामा ११.५ प्रतिशत ब्याज लाग्ने बैंकले जनाएको छ | त्यस्तै बैंकबाट ११.५ प्रतिशत शैक्षिक कर्जा, १० प्रतिशतसम्म, सेयर धितोमा जाने कर्जा १२ प्रतिशतसम्म र व्यक्तिगत कर्जामा १२ प्रतिशत ब्याज लिने बैंकले बताएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!