भोलि काठमाडौंका यी स्थानमा दिनभर बत्ती जाने

Posted on: 31 Jan, 2020

माघ १७,काठमाडौं | काठमाडौमा चक्रपथ विस्तार कार्यको क्रममा केहि स्थानहरुमा  दिनभर बत्ती ज्नाने भएको छ | 

चक्रपथ विस्तार कार्यको लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्नको लागि महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन शनिबार बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म अवरूद्ध हुने भएको हो | नेपाल विद्युत प्राधिकरणका अनुसार बसुन्धारा, सामाखुसी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल लगायत क्षेत्रका विद्युत अवरूद्ध हुने छ |

 रुख काट्ने कार्य निर्धारित समय भन्दा अगाडी नै सकिए बत्ति अगाडी नै आउने प्राधिकरणले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!