बैतडीका स्थानीय तहले उपलब्ध गराए प्रहरीलाई मोटरसाइकल

Posted on: 04 Feb, 2020

माघ २१, बैतडी | बैतडीका स्थानीय तहहरुले प्रहरीलाई मोटरसाइकल उपलब्ध गराएका छन् | 

स्थानीय तहहरुको सहयोगले प्रहरीलाई अपराध अनुसन्धानमा सहयोग पुग्ने भन्दै जिल्लाको दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले एक एक थान मोटरसाइकल प्रहरीलाई हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए |

दशरथचन्द नगरपालिकाले नागार्जुन प्रहरीचौकी, सुर्नया गाउँपालिकाले रौलेश्वर प्रहरीचौकी, दोगडाकेदार गाउँपालिकाले खोचलेक प्रहरीचौकी र पञ्चेश्वर गाउँपालिकाले हल्दुविनायक प्रहरीचौकीलाई मोटरसाइकल हस्तान्तरण गरेका छन् |

समाजमा शान्ति सुरक्षा कायम गर्ने स्थानीय सरकारको दायित्व भएकाले मोटरसाइकल हस्तान्तरण गरिएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!