काठमाडौँका यी ठाउँमा आज दिनभर बत्ती जाने

Posted on: 05 Feb, 2020

माघ २२, काठमाडौँ | चक्रपथ विस्तारको क्रममा आज काठमाडौँका केहि स्थानमा बत्ति जानेभएको छ |

चक्रपथ विस्तारका लागि रुख कटान  गर्न महाराजगंज  वितरण केन्द्रको धापासी र बुढानिलकण्ठ फिडरबाट वितरीत लाइन आज बिहान ७ बजेबाट साँझ ४ बजेसम्म सट डाउन हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ |

सुचना जारी गर्दै प्राधिकरणले बसुन्धारा, श्रीटोल, सामाखुशी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल लगायतका क्षेत्रमा बत्ती जाने जनाएको छ |

रुख कटान कार्य निर्धारित समय भन्दा अगाडी संम्पन्न भए उक्त समय भन्दा अगावै विद्युत आपुर्ति हुनेछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!