नेपाली सेनामा १५० अधिकृत क्याडेटका लागि जागिर खुल्यो (विज्ञापनसहित)

Posted on: 06 Feb, 2020

माघ २३, काठमाडौं | नेपालि सेनामा  अधिकृत क्याडेट पदमा जागिर खुलेको छ | सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले बिहीबार एक विज्ञापन प्रकाशित गर्दै खुला र समावेशीतर्फ कुल १५० सिटका लागि पदपूर्ति आह्वान  गरेको हो | 

नेपाली सेनाले इच्छुक व्यक्तिहरूलाई २०७६/१०/२३ देखि ०७६/११/८ सम्म दरखास्त दिन आग्रह गरेको छ | उम्मेदवारहरूको उमेर शैक्षिक योग्यता अनुसार तोकिएको छ | २१ वर्ष ननाघेका प्रमाणपत्र तह उत्तीर्ण र २४ वर्ष ननाघेका स्नातक उत्तीर्णले दरखास्त दिन सक्नेछन् | सैनिक सेवामै रहेका २६ वर्ष उमेर पार नगरेकाले पनि अधिकृत क्याडेटमा प्रतिस्पर्धा गर्न पाउनेछन् |

हेर्नुहोस् विज्ञापन यस्तो छ :


यस बिषयमा तपाइको प्रतिक्रिया...!