नेपालले चीनलाई एकलाख माक्स दिने

Posted on: 06 Feb, 2020

माघ २३, काठमाडौँ | चिनको वुहानबाट सुरु भएको कोरोना भाइरसले यतिबेला महामारीको रुप लिएको छ | १ लाख संख्यामा प्रोटेक्टिभ माक्स चीन सरकारलाई सहयोग उपलब्ध गराउने सरकारले निर्णय गरेको छ | कोरोनाभाइरस श्वासप्रश्वासबाट सर्ने भएकाले पछिल्लो समय चीनमा मास्कको माग अत्याधिक छ |

नेपाल्लोए छिमेकि मुलुक चीनलाई उक्त माग अनुरुप सहयोग गर्न लागेको हो | त्यस्तै सरकारले चिनबाट फर्काइने नेपालीलाई उपत्यकाका चार स्थानमा राख्ने बताएको छ | शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटी गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित थालिएको हो |  

बिहीबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यी ठाउँमा राख्न निर्देशन दिएका छन् | चिनमा रहेका आफ्ना नागरिकलाई अन्य देशहरुले स्वदेश फिर्ता गराइसकेका छन् | 

कोरोना भाइरस विश्व्यापी फैलिने खतरा भन्दै विश्व स्वास्थ्य सङ्गठनले विश्व स्वास्थ्य आपतकाल समेत घोषणा गरिसकेको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!