बालुवाटारको सरकारी जग्गा धितो राखेर कुन बैंकले कसलाई कति ऋण दिए ?( सुचिसहित)

Posted on: 07 Feb, 2020

माघ २४, काठमाडौं | बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा बैंक तथा वित्तीय संस्थाले धितो राखेर ऋण दिएको खुलेको छ | अख्तियार दुरुयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा बनाउने व्यक्ति बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसंगै उक्त जग्गा धितो राखेर बैंकहरुले समेत ऋण दिएको पाइएको हो |

बैंकहरु २ अर्ब १३ करोड रुपैयाँ ऋण दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ | बैंकहरुले भने व्यक्तिको नाममा जग्गाधनी पुर्जा आएपछि सोहि अनुसारको ऋण दिएको बताएका छन् | यसरी जग्गा धितो राखेर ऋण दिने बैंकहरुलाई अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भनेको छ | नेपाल राष्ट्र बैंकले ललिता निवासको सरकारी जग्गाका धितो राखेर ऋण दिने बैंकलाई अनुसन्धान थालेको छ | 

ललिता निवासको सरकारी जग्गा धितो राखेर सबैभन्दा बढी इन्दु शर्माले नेपाल इन्भेष्टमेन्ट बैंकबाट ६९ करोड १० लाख रुपैयाँ ऋण लिएकी छन् | उक्त ऋण भने चुक्ता भएको छैन | त्यस्तै पुरुषोतम पौडेलले पनि नेपाल इन्भेष्टमेन्ट बैंकबाट ४९ करोड रुपैयाँ  ऋण लिएका छन् | सरकारी जग्गा धितोमा सरकारी बैंक सहित निजी क्षेत्रका बैंकहरुले ऋण दिएका छन् |

यसरी ऋण दिनेमा तत्कालिन आइएमई फाइनान्स इन्स्टिच्युसन,आर्या तारा बचत तथा, बैंक अफ एशिया नेपाल, एनआईडिसी डेभलपमेन्ट बैंक, काष्ठमाण्डप डेभलपमेन्ट बैंक, नेपाल डेभलपमेन्ट एण्ड इमपलायमेन्ट प्रोमशन बैंक, प्राइम कमर्सियल बैंक, किष्ट बैंक,नेपाल बैंक लिमिटेड यति डेभलपमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक,युनिक फाइनान्स इन्स्टिच्युसनल,ग्लोबल आइएमई बैंक,लक्ष्मी बैंक,हिमालयन बैंक रहेका छन् |

हेर्नुहोस कसले कति ऋण दिए :-

बैंकजग्गाधनीको नामऋण रकम
आइएमई फाइनान्स इन्स्टिच्युसनउमाकुमारी ढकालरमाधवी सुवेदी19000000
नेपाल बैंक लिमिटेडभारती पाण्डे10000000
यति डेभलपमेन्ट बैंकनविन पौडेल4900000
नेपाल इन्भेष्टमेन्ट बैंकपुरुषोत्तम पौडेल431000000
युनिक फाइनान्स इन्स्टिच्युसनलमन्ती गोर्खाली20000000
ग्लोबल आइएमई बैंकशोभाकान्तर उमा कुमारी37500000
लक्ष्मी बैंककामना गुरुङ143500000
लक्ष्मी बैंकसरला गुरुङ183500000
हिमालयन बैंकसंगिता कोठारी राखेचा33100000
लक्ष्मी बैंककल्याण गुरुङ143500000
आर्या तारा बचत तथा ऋणकेशव तुलाधर20000000
युनिक फाइनान्स इन्स्टिच्युसनलबन्द्री लक्ष्मी श्रेष्ठ10000000
बैंक अफ एशिया नेपालप्रविण ताम्राकार7578125
नेपाल इन्भेष्टमेन्ट बैंकविवेक कुमार सुवेदी100000000
एनआईडिसी डेभलपमेन्ट बैंकडिएलएफ डेभलपर्स150000000
काष्ठमाण्डप डेभलपमेन्ट बैंकनितू गुरुङ14000000
नेपाल डेभलपमेन्ट एण्ड इमपलायमेन्ट प्रोमशन बैंकनुतन श्रेष्ठ2000000
प्राइम कमर्सियल बैंकसन्ध्या शाक्य18200000
किष्ट बैंकसरस्वती घले गुरुङ र सरला गुरुङ100000000
नेपाल इन्भेष्टमेन्ट बैंकइन्दु शर्मा691000000
यति डेभलपमेन्ट बैंकसंदिप ढकाल4900000

यस बिषयमा तपाइको प्रतिक्रिया...!