एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’,यस्ता छन् सुविधा

Posted on: 07 Feb, 2020

माघ २४, काठमाडौं | भ्यालेन्टाइन सिजनमा एनसेलले आफ्ना पि्रपेड ग्राहकहरुका लागि  ‘भ्यालेन्टाइन अफर’ अफर ल्याएको छ | आउदै गरेको  प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना ल्याएको हो |

उक्त अफरमा  ग्राहकले मात्र रु १०० (कर सहित मात्र रु १२७.६९) मा ७०० मिनेट अन नेट टक टाइम रहेको साप्ताहिक भ्वाइस प्याकको मजा लिन सक्नेछन् | यो भ्यालेन्टाइन अफर शुक्रबार (माघ २४) देखि ३ महिना सम्म संचालनमा रहने एनसेलले जनाएको छ |

भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याउन लागिएको यो अफर अन्तर्गत ग्राहकले कर सहित मात्र १८ पैसा प्रति मिनेटमा कुरा गर्न सक्नेछन् | यो अफरको सुरु गरेपछि सातदिनको अफर रहनेछ | ग्राहकले एस्ट्रिकस १७११८ एस्ट्रिकस२एस्ट्रिकस३ह्यास डायल गरी प्राप्त जानकारी अनुसार प्याक सुचारु गर्न सक्नेछन |

यो भ्यालेनटाइन अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुर्याउनुका साथै आफ्ना सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!