४२ लाख घुस लिएको आरोपमा वकिल पक्राउ

Posted on: 07 Feb, 2020

माघ २४, काठमाडौँ | घुस लिएको आरोपमा एकजना अधिवक्ता पक्राउ परेका छन् | थुनामा रहेको व्यक्ति छुटाइदिने भन्दै ४२ लाख घुस लिएको आरोपमा अधिवक्ता टंक रानामगरलाई प्रहरीले पक्राउ गरेको हो |  

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार बबरमहलबाट पक्राउ गरेको हो | उनको माइतीघरमा जनन्यायिक कानुनी सेवा नामक ल फर्म रहेको प्रहरीको भनाई छ | राजश्व चुहावट प्रकरणमा थुनामा रहेका राकेश दाहाललाई छुटाइदिने भन्दै उनले घुस् रकम लिएपछि पक्राउ गरेको बताइएको छ |

रानामगरले २०७४ साल साउन २४ गते पीडितबाट ४२ लाख पैसा लिएको अनुसन्धानमा खुलेको छ |

|

यस बिषयमा तपाइको प्रतिक्रिया...!