फागुन १, काठमाडौं | निजी वायुसेवा कम्पनी सिम्रिक एयर प्रालिले महाशिवरात्री अफर ल्याएको छ | सिम्रिक एयरको हेलिकोप्टरमा काठमाडौंबाट गोसाइकुण्ड दर्शन गर्न सकिने भएको छ |
कम्पनीका अनुसार ६ फागुनदेखि सिम्रिक एयरको हेलिकोप्टरमार्फत गोसाइकुण्ड यात्रा गर्न सकिने छ | प्रतिव्यक्ति २० हजार रुपैयाँमा गोसाइकुण्डसम्म हेलिसेवा शुरु गरिएको छ |
महाशिवरात्रीको अवसरमा गोसाइकुण्डमा मेला लाग्ने गर्छ | उक्त मेलामा सहभागीका लागि ट्राभल एजेन्सी वा सिमि्रए एयर हेलिकोप्टरमा बुक गर्न सक्ने कम्पनीले जनाएको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!