प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६ सय २३ स्थानीय तहलाई २ अर्ब रकम वितरण

Posted on: 14 Feb, 2020

फागुन २, काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६ सय २३ स्थानीय तहलाई बजेट पठाएको छ ।रोजगार कार्यक्रमका लागि ६ सय २३ स्थानीय तहले आयोजनाको विवरण मन्त्रालयमा पठाएपछी २ अर्ब रकम पठाइएको श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए ।


कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक  आयोजना संचालन तत्कालका लागि ससर्त अनुदानको लागि २ अर्ब वाँडफाँड गरि पठाईएको उनले बताए । चालु आर्थिक वर्षका लागि यश कार्यक्रमका लागि ४ अर्ब ८२ करोड ३२ लाख रुपैयाँ रकम बजेट छुट्याइएको छ |



यस बिषयमा तपाइको प्रतिक्रिया...!