सिटिजन्स बैंकका ४ नयाँ शाखा संचालनमा

Posted on: 21 Feb, 2020

फागुन ९, काठमाडौँ |  बिहीबारबाट सिटिजन्स बैंकले थप चार वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ | बैंकले मोरंगको कन्चनबारी (राजवंशी चोक), कास्कीको हस्पिटल चोक (पोखरा) र कैलालीको अत्तरिया तथा सुखड शाखाहरु संचालनमा ल्याएको हो |

उक्त शाखाहरुको शुभारम्भ समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो | नेपाल सरकारले अवलम्बन गरेको वित्तीय समावेशिताको अवधारणालाई कार्यान्वयन गर्न शाखा संजालको विस्तारले टेवा पुग्ने विश्वास बैंकले लिएको छ |

यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ | बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु सहज रुपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ |

सिटिजन्स बैंकले ९३ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखारहित बैंकिङ एकाईहरुबाट सेवा दिदैं आएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!